कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा


नेपालपाना प्रकाशित: २०७६-३-९ गते
कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए ।

दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १-० ले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रहयो ।

३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो कतार १ अंकसहित पुछारमा रहयो ।


च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य
च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य

काठमाडौं । च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ ।  भारतमा भइरहेको जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६..

सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने
सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने

काठमाडौं । युनिसेफको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं आइपुगेका छन् । शुक्रबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा त..

एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य
एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ ।  उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले..

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं ।  बंगलादेशमा आजदेखि शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत पहिले खेलमा अहिले नेपालले भारतविरुद्ध प्रतिष्पर्धा गरिरहेको छ ।  बंगलादेशको..