‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’


नेपाल पाना प्रकाशित: २०७६-३-९ गते
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् । 

विगतको १० वर्षे माओवादी जनयुद्धलाई कोट्याउँदै देशमा त्यसको घाउ आलै रहेका बेला पुन: मान्छे मार्ने काम भइरहेको भन्दै उनले दुस्ख व्यक्त गरे । ‘देश पूर्णरूपमा शान्त बनेको छैन, द्वन्द्वको घाउ आलै छ,’ उनले भने, ‘सत्यनिरूपण तथा बेपत्ताको छानबिन भएको छैन, सानो झिल्कोले ठूलो रूप लिन सक्छ । यस्तोवेला बन्दूकबाट हैन, वार्ताबाट समाधान खोज्नुिपर्छ ।’

सांसद गौतम आफै पनि द्वन्द्वपीडित हुनुहुन्छ । उनका पति तत्काली नेकपा एमालेका सांसद तथा रुकुम जिल्ला सचिव यदु गौतमको माओवादीले २०५५ सालमा हत्या गरेका थिए । सोही घटना सम्झँदै भावुक सम्बोधन गर्नुभएको सांसदले हालै सर्लाहीमा मारिएका विप्लव समूहका नेता कुमार पौडेलको प्रस‌ंगमा सो आग्रह गरेको हो ।

उनले सरकारसँग ‘मान्छे मार्ने काम बन्द’ गर्न आग्रह समेत गरेकी छन् ।  


राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..

अग्नि हेडसरको ‘टर्निङ प्वाइन्ट’  कहाँबाट शुरु  ?
अग्नि हेडसरको ‘टर्निङ प्वाइन्ट’  कहाँबाट शुरु  ?

काठमाडौं । नवनियुक्त सभामुख अग्नि सापकोटालाई जिल्ला र निर्वाचन क्षेत्रका कसैले पनि नामको पछाडि ‘ज्यू’, ‘जी’ जोडेर सम्बोधन गर्दैनन्। ‘अग्नि सर&rsq..

कांग्रेस नेता मिनेन्द्र रिजालले संसदमा कमण्डलुको प्रसंग किन ल्याए ? 
कांग्रेस नेता मिनेन्द्र रिजालले संसदमा कमण्डलुको प्रसंग किन ल्याए ? 

काठमाडौं : आज (आइतबार) प्रतिनिधिसभाको सभामुख पदका लागि चुनाव हुँदै गर्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एकाएक सन्यासीले बोक्ने कमण्डल..