इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प


नेपाल पाना प्रकाशित: २०७६-३-९ गते
इन्डोनेसियामा गयो ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता । इन्डोनेसियाको ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । 

निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन ।

तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ । पपुवामा ६।१ म्याग्नीच्यूडको भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको अम्बोनमा भूकम्प गएको हो । पपुवाको भूकम्प भने जमिनको सतहबाट २१ किलोमिटर गहिराईमा मात्र गएको थियो ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..