मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ


नेपाल पाना प्रकाशित: २०७६-३-९ गते
मन्त्री विष्ट भन्छन्: प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको छ

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शीर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको जवाफ दिँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन् । 

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्र्तगत कार्यान्वयन गर्ने र त्यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधि तय गरिएको पनि बताएको हो । 

स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको भन्दै उनले नेपाल भित्रै रोजगारी सिर्जना गरी सफल राष्ट्र बनाउनेतर्फ  सरकार गम्भीर रहेको बताए ।

आईटी, कृषि, वन, पर्यटन लगायतका क्षेत्रलाई जोडेर आउँदो आर्थिक वर्षमा कम्तिमा ५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको भन्दै आउँदा केही दिनमा क्षेत्रगत रोजगारीको संभावना प्रस्तुत गर्ने पनि बताए ।  


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिवार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’
‘बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन गम्भीर हुनुपर्छ’

काठमाडौं । देश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले राजमार्गमा स्थापना गरिएका बुद्धमूर्ति तोडफोडमा सङ्लग्नलाई कारवाहीको दायरामा ल्याउन प्रशासन गम्भीर हुनुपर..