प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 


नेपाल पाना प्रकाशित: २०७६-३-९ गते
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ ।

आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल हुन नसकेपछि अङ्क बाँड्दा गण्डकी प्रदेश बाहिरिएको आयोजक महाकाली स्पोर्ट सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।

मनसुन अझै जारी रहेकाले आज बिहान हुने भनिएको प्रदेश नं १ र ३ बीचको खेल पनि हुन नसकेको अध्यक्ष भट्टको भनाई छ । “वर्षा रोकिएन भने खेल हुँदैन।” अध्यक्ष भट्टले भन्नुभयो,“तर वर्षा रोकिने सम्भावना देखिदैन ।”

राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा ६ दिनदेखि शुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र एपिएफ क्लब गरी आठ टिम सहभागी छन ।

प्रतियोगितामा उपाधि विजेता टिमले रु चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने दोस्रोले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाखसहित पुरस्कृत हुने आयोजकले जनाएको छ ।


डि लाइट: प्रशिक्षक सार्रीका कारण युभेन्टस आएँ
डि लाइट: प्रशिक्षक सार्रीका कारण युभेन्टस आएँ

काठमाडौं । डच डिफेन्डर माथियास डि लाइटले युभेन्टसमा आबद्ध हुनुको प्रमुख कारण प्रशिक्षक माउरिजियो सार्री भएको बताएका छन् । १९ वर्षे सेन्टर ब्याक डि लाइट बिहीबार आधिकारिक रुप..

विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियाबाट सिंगापुर जाँदै
विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली मलेसियाबाट सिंगापुर जाँदै

काठमाडौं । आगामी बर्ष अष्ट्रेलिया आयोजना हुने टी–२० विश्वकपका लागि एसिया छनोट प्रतिष्पर्धामा भाग लिन नेपाली टोली आज मलेसियाबाट सिंगापुर जाँदैछ ।  नेपाली राष्ट्रि..

विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा समूह ‘बी’ मा नेपाल
विश्वकप छनोटको एसियाको दोस्रो चरणको छनोटमा समूह ‘बी’ मा नेपाल

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार निकालेको ’ड्र’ अनुसार नेपाल समूह ’बी’ मा परेको छ ।..

न्यूजिल्याण्डलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि इङ्ल्याण्डलाई
न्यूजिल्याण्डलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि इङ्ल्याण्डलाई

काठमाडौं । न्यूजिल्याण्डलाई सुपर ओभरपछि पराजित गर्दै आयोजक इङ्ल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदान..