जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै


नेपाल पाना प्रकाशित: २०७६-३-९ गते
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प दुई दिने दक्षिण कोरिया भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा त्यहाँका राष्ट्रपति मुन जाए इनसँग पनि भेटवार्ता गर्नेछन् । दुई नेताबीचको भेटवार्ताका क्रममा कोरियाली प्रायद्विपलाई आणविक निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

उनले दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर तथा दक्षिण कोरियालाई छुट्याउने असैनिक क्षेत्रको अवलोकनका लागि समेत जाने कार्यक्रम छ । सन् २०१७ मा दक्षिण कोरियाको भ्रमणमा गएका ट्रम्पले त्यसबेला नै असैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेपनि भारी तुवाँलोका कारण त्यसतर्फ गएका थिएनन् ।

अमेरिका र उत्तर कोरियाबीच आणविक निशस्त्रीकरणको दिशामा पहल हुन नसकिरहेका बेला हालै ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पत्र लेखेको समाचार सार्वजनिक भएपछि कोरियाली वार्ता अघि बढ्ने आशा पलाएको बताइएको छ । त्यसलगत्तै हुन लागेको ट्रम्पको दक्षिण कोरिया भ्रमणलाई भने निकै महत्वका साथ हेरिएको छ ।


अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग
अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सह..

बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी
बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी

अफगानिस्तान । राजधानी काबुलस्थित काबुल विश्वविद्यालमा आज भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजेर १..

के पाकिस्तानमा भ्रष्टहरूको मात्रै शासन छ ?  पूर्वप्रधानमन्त्री अब्बासी पनि समातिए !
के पाकिस्तानमा भ्रष्टहरूको मात्रै शासन छ ? पूर्वप्रधानमन्त्री अब्बासी पनि समातिए !

काठमाडौं । पूर्व राष्ट्रपति आसिफ अली जर्दारी र पूर्व प्रधानमन्त्री नवाज सरिफपछि पाकिस्तानमा अर्का पूर्व प्रधानमन्त्री शाहीद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्..

झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...
झ्याप भएकी युवतीले पुलबाट हाम्फालेपछि...

काठमाडौं । रक्सीको नसामा रहेकै बेला एक युवतीले नाङ्गै भएर १५० फीट आग्लो पुलबाट हाम्फालेकी छन् ।  पोर्चुगलमा झ्याप भएकी एक महिला पर्यटक सर्वांग नांगो भएर १५० फीट अग्लो पुल..