विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'

एजेन्सी । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । साथै, यो खेलमा बंगलादेशी खेलाडी शाकीव अल हसनले रेकर्ड नै रेकर्ड कायम गरेका छन् । 

बंगलादेशले दिएको २६३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका सबै ब्याट्स्म्यान पेभेलियन फर्किए । बंगलादेशी अलराउन्डर शकीव अल हसन एक्लैले अफगानिस्तानको ५ विकेट लिए । १० ओभर बलिङ गरेका शकीवले २९ रन खर्चेर १ मेडनसहित ५ विकेट लिए । 

विश्वकपमा बंगलादेशबाट ५ विकेट लिने सकीब पहिलो क्रिकेटर हुन् । विश्वकपको एकै खेलमा ५ विकेट र अर्धशतक बनाउने सकीब दोस्रा खेलाडी बने । सकीब एक दिवसिय विश्वकप क्रिकेटमा ४ सय रन र १० विकेट लिने पहिलो अलराउण्डर समेत बनेका छन् । मुस्ताफिजुर रहमान २, मोहम्मद सैफुद्दीन र मोसाद्देक हसन नाममा समान १ विकेट रह्यो ।

अफगानिस्तानका लागि मुजिव उर रहमानले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट हात पारे । कप्तान गुलवदीन नाइबले २ विकेट लिदा मोहम्मद नाबी र दवालत जदरानको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच आउट हुनुअघि रहिमले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै महत्वपूर्ण ८३ रनको योगदान दिए ।

बंगलादेशले मध्यम सुरुवात गरेको थियो । पहिलो विकेटका रुपमा पाँचौ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले लिटन दासलाई १६ रनमा क्याच आउट गराए । १७ ओभरको अन्तिम बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ४ चौका प्रहार गर्दै ३६ रन जोडे । तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र सकिब अल हसनले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

यी दुईबीचको साझेदारी ३० ओभरको दोस्रो बलमा मुजिवले सकिबलाई ५१ रनमा एलवी डब्लू आउट गर्दै तोडे । सकिबले ६९ बलमा १ चौका प्रहार गरे । सौम्य सरकारलाई मुजिवले ३ रनमा एलवी डब्लू आउट गरे । महमुदुल्लाहलाई कप्तान गुलबदीन नाइबले मोहम्मद नाबबाट ४३ ओभरको अन्तिम बलमा २७ रनमा क्याच आउट गराए । मोसाद्देक हसनले २४ बलमा ४ चौका सहित ३५ रन बटुले ।

यो जितसँगै बंगलादेश ७ खेलमा समान ३ मा जित र हारका साथ ७ अंक बटुल्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । अफगानिस्तानको भने लगातार सातौं हार हो । 


टी–२० विश्वकप छनोट सुरु हुँदै
टी–२० विश्वकप छनोट सुरु हुँदै

काठमाडौं । यूएईमा हुने टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्वकप छनोटमा आयोजक यूएईसँगै १४ राष्ट्र रहेका छन् । समूह ‘ए’ मा स्कटल्य..

डब्लुसीएलमा काठमाडौंको जित
डब्लुसीएलमा काठमाडौंको जित

काठमाडौं । काठमाडौं क्विन्सले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा सुखद् शुरुवात गरेको छ । बिहीबार बिहान भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित ह..

सन्दीप लामिछाने द हन्ड्रेड लिगका लागि १ करोड ४६ लाख रुपैयाँमा अनुबन्धित 
सन्दीप लामिछाने द हन्ड्रेड लिगका लागि १ करोड ४६ लाख रुपैयाँमा अनुबन्धित 

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने इंग्ल्याण्ड र वेल्समा आयोजना हुने  ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि अनुबन्धित भएका छन् ।  सन्दीपले..

नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 
नेपाल क्रिकेट संघ (क्यान) माथिको प्रतिबन्ध सशर्त फुकुवा 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा..