न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
न्यायलयको अल्लारेपना : सर्वोच्चको अनौठो आदेशले अवकाश पाउनुपर्ने कर्मचारी दुई वर्षदेखि पदमै

काठमाडौं । सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश पाउनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेका छन्।

निर्देशक भीष्म उप्रेतीको निवेदनमाथि अन्तरिम आदेश जारी भए पनि सर्वोच्चले मुद्दाको सुनुवाइ नगर्दा अवकाश अवधि असीमित लम्बिरहेको छ। उनी २०७४ जेठ ३ गते नै अवकाश हुनुपर्ने हो। अन्तरिम आदेश दिने, तर मुद्दाको सुनुवाइ नगरेकाले सर्वाेच्च अदालत  र उनीबीच मिलेमतो रहेको बुझाइ राष्ट्रबैंकका अधिकारीहरूको छ।

‘गत वर्ष नै अवकाश हुनुपर्ने उप्रेतीले अन्तरिम आदेशका कारण असीमित समय राष्ट्र बैंकमा जागिर खाने हुनुभयो," राष्ट्र बैंक स्रोतले भन्यो, ‘अदालतकै आदेशका कारण यो हदसम्म बेथिति निम्तिएको हामीले दखेका थिएनौँ।’ मासिक झण्डै डेढ लाख तलब लिने उप्रतीका कारण एक वर्षमा राष्ट्र बैंकले २० लाख रुपैयाँ अनावश्यक भार व्यहोरिसकेको छ।

जिम्मेवारीविहीन बनाइएका उनी हाल प्रकाशन फाँटमा छन्। उनी २०४५ जेठ ३ गते राष्ट्र बैंकमा सहायक द्वितीय पदमा नियुक्त भएका थिए। २०५४ मंसिर २ मा खुला प्रतिस्पर्धामा नाम निकलेर अधिकृत भई पटकपटक बढुवा भएक थिए।


आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी
आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीक..

निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला
निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला

काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेप्पता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउ..

विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..