परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
परदेशको कोमामा रहेका २८ जनालाई अब स्वदेशमै उपचार गरिने

काठमाडौं । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ।  वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका अध्यक्षसमेत रहेका श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले करार अवधि नसकिँदै दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षघातबाट हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका कतार, साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स ९यूएई०, दक्षिण कोरियालगायत देशका अस्पतालमा वर्षौँदेखि रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने निर्णय गरेको छ।  

बैठकले विभिन्न देशमा कोमामा उपचारत बिरामीलाई स्वदेश ल्याउने तारतम्य मिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार विभिन्न देशका अस्पतालमा २८ बिरामीको कोमामा राखेर उपचार भइरहेको छ।  यसमध्ये दुई महिला र २६ पुरुष छन्।

कतारमा सबैभन्दा धेरै १५ नेपाली श्रमिकको कोमामा राखेर उपचार भइरहेको छ भने साउदी अरबमा एक महिलासहित सात नेपाली श्रमिकको कोमामा उपचार गरिएको छ। यस्तै कुवेतमा एक महिलासहित चार, संयुक्त अरब इमिरेट्स (यूएई) र दक्षिण कोरियामा एक्एक श्रमिक कोमामा उपचारत रहेको बोर्ड सचिवालयले जनाएको खबर गोरखापत्र दैनिकमा छापिएको छ ।


सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज
सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज

काठमाडौं । स्थानीय तहका निर्वाचित पदाधिकारीले लिँदै आएको तलब सुविधा गैरसंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक ९तलब तथा ज्याला..

इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ
इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ

काठमाडौं । राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका..

अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप
अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप

काठमाडौं । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरह..

सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा
सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा

काठमाडौं । सरकारको केन्द्रिय सचिवालयमा मंगलबार छड्के गर्दा २१५ जना कर्मचारी कारवाहीमा परेका छन्।    मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बि..