मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? विज्ञहरूको निचोड छ, ‘ श्रममन्त्रीको इगो (अहम्) ले अड्काइरहेको छ ।’

गत वर्ष जेठ २ गते मन्त्री गोकर्ण विष्टले मलेसियाका लागि काम गरिरहेका विभिन्न संस्थाका सञ्चालकलाई व्यापक धरपकड गरे ।  तिनीहरूविरुद्ध सरकार अदालत गयो। तिनलाई लगाइएको आरोप थियो, श्रमिकसँग अनावश्यक शुल्क उठाएको ।

उनको कठोर निर्णयबाट भेन्डर संस्थाका सञ्चालकको भागाभाग भयो । कतिपय पक्राउ परी धरौटीमा छुटे। तिनले क्रमशः सफाइ पाउँदै आगएका छन् ।  त्यही क्रममा २०७५ कात्तिक १२ गते मन्त्री विष्टले मलेसियासँग ऐतिहासिक श्रम सम्झौता गरे।

त्यसमा निःशुल्क रोजगारीको ग्यारेन्टी गरियो। संयुक्त कार्यदलले यसको प्रक्रिया बनाउने क्रममा मलेसियाली पक्षले पुराना भेन्डर (बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्था) हटाउन मानेन। तिनको शुल्क रोजगारदातालाई तिराउन भने राजी भयो ।

मन्त्रीको अडान ती संस्था खारेज गराउन केन्द्रित रह्यो। मलेसियाले पनि अडान छाडेन । श्रम मन्त्रालय अन्ततः भेन्डर फेर्ने गृहकार्यमा लाग्यो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।


सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु
सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु

कावासोती । सर्पको टोकाईबाट पूर्वी नवलपरासीको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापाको मृत्यु भएको छ । सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई..

करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु
करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु

सुनसरी । इटहरी उप-महानगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । बिह..

विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 
विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।  केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थि..

२० वर्षीया युवती असईद्वारा बलात्कृत
२० वर्षीया युवती असईद्वारा बलात्कृत

रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साह पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा साहलाई..