सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
सरकारले धोकाधडी गर्नसक्ने भन्दै गुठियारको खबरदारी जुलुस

काठमाडौं । राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ ।

सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु र भक्तपुर, मध्यपुर, ठिमीलगायत स्थानबाट खबरदारी जुलुस निस्किएको हो ।  प्रतिबद्धताअनुरूप विधेयक फिर्ता लिने विषयमा धोका हुने भन्दैै खबदारी जुलुस निकालिएको गुठी विधयेक संघर्ष समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले गत साता गुठी विधेयक फिर्ता लिने घोषणा गरेपछि राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्ने भएको छ। गत मंगलबार सो घोषणा गरेको मन्त्री अर्यालले त्यसको तीन दिनपछि मात्र विधयेक फिर्ता लिने औपचारिक प्रस्ताव पठाउनुभएको थियो । 

विधेयक फिर्ता लिने सो प्रस्ताव बहुमत सदस्यले पारित गरेमा मात्र सभाबाट औपचारिकरूपमा फिर्ता हुुन्छ । सो विधेयक यसअघि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल भइसकेको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।


आज शनिबार यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल
आज शनिबार यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल

काठमाडौ । आज २०७६ कार्तिक २ गते शनिबार तपाईको दिन कस्तो रहनेछ ? ज्योतिषले यस्तो फलादेश गरेका छन् । मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनावश्यक झमेलामा फसिने सम्..

आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने
आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने

काठमाडौं । बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम ब..

दशैंको टीकाको शुभ साइत सार्वजनिक
दशैंको टीकाको शुभ साइत सार्वजनिक

काठमाडौं । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मन..

आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो
आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो

काठमाडौँ । दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गर्न भक्तजनहरुको ठूलो घुइचो लागेको छ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा..