बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
बिर्तामोडका मेयरको लुटतन्त्र :  बीमाबाटै गाडी र घरसमेतको क्षतिपूर्ति, सरकारसँग पनि असुले

बीमाबाट भुक्तानी लिईसकेपछि पनि राज्यकोष लुड्याउने मेयर शिवाकोटी (कालोघेरामा)

काठमाडौं । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ ।

२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन् । 

‘मेयर सा’बले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो बिर्तामोड शाखामा निवेदन हाल्नुभएको थियो । २२ असार ०७५ मा दुवैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी जम्मा ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ ।’ 

एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ–घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार ९८३ गरी ६ लाख ३५ हजार ९८३ रुपैयाँ लगिसक्नुभयो ।

इन्स्योरेन्स कम्पनीमा भएको रेकर्डअनुसार गाडी मेयर सिवाकोटीकै नाममा र घर श्रीमती विद्या बस्नेतको नाममा छ । गाडीको बिमा रकम मेयर सिवाकोटीको नाममा भुक्तानी दिएको ।

घरको भने सिंहबाहिनी टी स्टेट प्रालिको नाममा चेक बनाएर दिएको इन्स्योरेन्सका कर्मचारीले बताए । सिंहबाहिनी टी स्टेट मेयरको फर्म हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।


वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !
वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं । वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्द..

जापान रोजगारीको कोटा बढाउदैँ 
जापान रोजगारीको कोटा बढाउदैँ 

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । श्रम, र..

धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !
धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ। यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन..

अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने
अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना..