एकाएक किन हराउँछन् मान्छे ?


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
एकाएक किन हराउँछन् मान्छे ?

काठमाडौं । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ ।

खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांका भने दिएको छेन । डीएसपी बोगटीका अनुसार बढी हराउनेमा १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका किशोरी र महिला छन् । ‘केही परिवारसँग पूरै सम्पर्क्विहीन भएरै हराएका देखिन्छन्’, उनले भने, ‘तर अधिकांश परिवारले शंका गरेकै व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् ।’

घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केही ‘डिप्रेसन’ का रोगी पनि परिवारलाई थाहै नदिई भागेका घटना छन् ।

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबिबिएस) चौथो वर्षमा पढिरहेका शिशिर खनाल गत जेठ २५ गते मृत भेटिए । उनी जेठ १७ गतेबाट हराएका थिए । प्रहरीका अनुसार खनालले डिप्रेसनको औषधि खाँदै आएका थिए ।

डिएसपी बोगटीका अनुसार वैदेशिक रोजगारमा गएका पुरुष स्वदेश फर्किंदा श्रीमती अर्कै पुरुषसँग भागेका घटना पनि धेरै छन् । ‘ श्रीमान् विदेशमा बसेर काम गरी पसिना काटी पैसा पठाउँछ । यता नेपालमा बसेर श्रीमती अर्कैसँग लागेकी हुन्छिन्’, बोगटी भन्छन्, ‘ श्रीमान् घर आउँदा श्रीमती र पैसा दुवै हुँदैन । अनि श्रीमान्ले श्रीमती हराइन् भनेर उजुरी लिएर आउँछन्।’

मनोविद् गोपाल ढकाल व्यक्ति हराउनुमा थुप्रै कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘किशोराकिशोरी हराउनुमा अभिभावकसँगको तालमेल नमिल्नु, सामाजिक सञ्जालको दुरुपयोग र परिवारभित्र स्वतन्त्रता नपापाउनु हो ।

अर्को कुरा मानसिक रोगी परिवारलाई थाहै नदिई हराउने गरेका छन् ।’ कतिपय अवस्थामा किशोरीमा यौन उत्तेजना पलाउने तर, त्यो कुण्ठा कता पोख्ने भनेर आपसी रमाइलो गर्न पनि परिवारलाई थाहै नदिई बेपत्ता हुने प्रवत्ति देखिन्छ । ‘सबै इच्छा पूरा हुँदाहुँदै पनि व्यक्ति हराउनु पारिवारभित्रको कलहका कारणले हो’, ढकालले भने, ‘आफ्नो पिरमर्का परिवारलाई सुनाएर किन दुःख दिने भन्ने सोचले पनि व्यक्ति हराएको देखिन्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।


आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज र भोलि भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय कार्यक्रम बनाएर आज र भोली सो कार्यक्रम सञ्चालन हुँदैछ । मन्त्रालयका अ..

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

काठमाडौँ । देशका सबै स्थानीय तहले कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा..

साँसद यादवले एसिड पिडित मुस्कानको मुहारमा दिए मुस्कान
साँसद यादवले एसिड पिडित मुस्कानको मुहारमा दिए मुस्कान

काठमाडौं । एसिड पिडित मुस्कान खातुन पिडा भुल्दै आज मुस्कुराइरहेकी छन् ।  पर्सा क्षेत्र नं.१ का साँसद प्रदिप यादव पिडकलाई कार्वाही भइरहेको जानकारी गराउँदा पिडित मुस्कान..

मृत शिशु पाएपछि घरैमा अलपत्र सरलमायाको हेलिकोप्टरबाट उद्दार
मृत शिशु पाएपछि घरैमा अलपत्र सरलमायाको हेलिकोप्टरबाट उद्दार

रुकुम । मृत शिशु पाएर थला परेकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय रुकुमपूर..