गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
गुठीजग्गा हडपेर छायासेन्टर बनाउनेसँग प्रशासन नै निरिह

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको छाया सेन्टरमा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ ।

छाया सेन्टरमा ४३ लगानीकर्ता रहेका छन्। गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि चलिरहेको छ। स्थानीय गुठीप्रेमीहरू छाया सेन्टरले शक्तिको प्रयोग गरी प्रशासनिक मिलोमतोमा जग्गा हडपेको टिप्पणी गर्छन् । 

स्थानीयबासीको माग र आन्दोलनको वास्तै नगरी सञ्चालनमा आएको छाया सेन्टरका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाण्डेले आफ्नी श्रीमती र छोराको नाममा समेत लगानी गर्न लगाएका छन् ।

इन्भेस्टमेन्ट बैंकका अध्यक्ष रहेका पाण्डेले श्रीमती प्रतीमा पाण्डेको नाममा १ करोड २२ लाख र छोरा सिद्धान्तबहादुर पाण्डेको नाममा १९ लाख ७२ हजार रुपियाँ लगानी गरेकागरेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।


आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी
आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीक..

निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला
निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला

काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेप्पता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउ..

विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..