इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु


रासस/एएफपी प्रकाशित: २०७६-३-१० गते
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका कारण झन्डै दश महिनाको अवधिमा १ हजार ५ सय ६ जनाको मृत्यु भएको हो।

आइतबारसम्ममा इबोलाबाट २ हजार २ सय ३९ जना बिरामी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। इबोला भाइरसले युगाण्डालगायतका छिमेकी देशबाट आएकाहरूलाई पनि प्रभावित पारेको समाचारमा जनाइएको छ।

इबोला नियन्त्रण गर्न एक लाख ४१ हजार जनालाई खोप दिइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्। विशेष गरेर देशको इतुरी र दक्षिणी किभु प्रान्तमा यसको प्रभाव बढी देखिएको छ।

इबोला भाइरसबाट संक्रमित व्यक्तिको रगत तथा पिसावलगायत शरिरबाट हुने अन्य तरल पदार्थको आदानप्रदान यो रोग अर्को व्यक्तिमा सर्ने गरेको चिकित्सकहरुले बताएका छन्।

यो रोगबाट कङ्गोमा मृत्यु हुने र प्रभावित हुनेहरुको संख्या अत्यन्त डरलाग्दो रहेको छ। यस बाहेक लाइबेरिया, गुइनेया र सेरालोनमा सन् २०१४ देखि २०१६ सम्ममा ११ हजार ३ सय भन्दा बढीको मृत्यु भएको थियो।







बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा
बोलिभियाकी विपक्षी सांसद जेनीले स्वयंलाई गरिन् राष्ट्रपति घोषणा

काठमाडौं । बोलिभियाकी विपक्षी सांसद जेनी एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन् । दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरा..

बङ्लादेशमा रेल दुर्घटना, १६ जनाको मृत्यु 
बङ्लादेशमा रेल दुर्घटना, १६ जनाको मृत्यु 

ढाका । दुई ओटा रेल आपसमा जुध्दा बंगलादेशमा १६ जनाको मृत्यु भएको छ, ५० जनाभन्दा बढी घाइते भएका छन्। देशको पूर्वीक्षेत्रमा मङ्गलबार भएको यो दुुर्घटनामा ठूलो मानवीय हताहती भएक..

अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:
अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:

काठमाडौं ।  अयोध्यालाई विकास गर्न जोडजाड तयारी थालेको छ । भारतको सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाए..

बुलबुल आँधीले जनजीवन प्रभावित, ३ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्याे
बुलबुल आँधीले जनजीवन प्रभावित, ३ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्याे

बङ्गलादेश । बुलबुल आँधीका कारण आइतबार चारको मृत्यु भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्। करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार साढे ८ बजे पश्चिम बंगालबाट बङ्गलादेश..