मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
मानवअधिकार आयोगका अध्यक्षको सरकारमाथि कडा प्रहार, शक्तिको उन्मादबाट उन्मत्त भएको आरोप 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ‘शक्तिको उन्मादबाट उन्मत्त’ सरकारले नागरिक अधिकार संकुचित पार्ने विधेयकहरू ल्याएको औंल्याएका छन् ।

सरोकारवालाहरूसँग सोमबार राजधानीमा अन्तरक्रिया गर्नेक्रममा शर्मा मिडिया काउन्सिल, मानव अधिकार र सूचना प्रविधि विधेयकबारे टिप्पणी गर्दै थिए । 

मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रता, मानव अधिकार आयोग विधेयकले आयोगको अधिकार र सूचना प्रविधि विधेयकले नागरिक अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित गर्ने उनले बताए । 

‘तिनको विरोधमा सरोकारवालाहरू आन्दोलित हुन बाध्य भइरहेको’ उल्लेख गर्दै शर्माले ‘लेखेकै भरमा पत्रकारलाई फौजदारी मुद्दा लगाउन मिल्दैन, त्यसले अभिव्यक्ति स्वतन्त्रता हनन गर्छ’ भने ।

पत्रकारले फौजदारी अपराध गर्छ भने पत्रकार भएकैले उन्मुक्ति पाउँदैन भन्ने तर्क गर्दै उनले पत्रकारले आफ्नो पेसा गर्दा उसलाई फौजदारी मुद्दा चलाउनु हुँदैन भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।


आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी
आइफा अवार्डको कथाले लियो नयाँ मोड, बैद्य प्रधानमन्त्रीमाथि हावी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीक..

निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला
निलम्बनमा परेका डिएसपी बेपत्ता भएपछि हेडक्वाटर र अख्तियारमा खैलाबैला

काठमाडौं । निलम्बनमा परेका नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेल बेपत्ता भएका छन । एकाएक उनी बेप्पता परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेर उपस्थित गराउ..

विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 
विप्लवका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक छलफल 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ ।  गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको..

कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने
कार्य समयमै सम्पन्न नगर्ने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । उद्यमी व्यवसायीको कार्य समयमै सम्पन्न नगर्ने राष्ट्रसेवक कर्मचारीलाई कारबाही गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।  विद्..