विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन । तर विभिन्न जिल्लाहरुमा शैक्षिक संस्था, कलकारखाना, यातायात र शैक्षिक संस्थाहरुमा बन्दको सोझो प्रभाव परेको छ । 

अहिलेसम्म देशका विभिन्न २८ स्थानमा शंकास्पद वस्तु भेटिएका छन् । कीर्तिपुर र ललितपुरको जावलाखेलदेखि जिल्ला सदरमुकाम तथा राजमार्गहरुमा प्रतिबन्धित पार्टीका कार्यकर्ताहरुले तार हुक गरी यस्ता बस्तु छाड्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

बन्दकै कारण आज देशभर लामो दुरीका सवारीसाधन चलेका छैनन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले त्रास फैलाउन विभिन्न स्थानमा बमजस्तै देखिने नक्कली पोकाहरु पनि राखिरहेका छन् ।

सो पार्टीका सर्लाही ईन्चार्ज कुमार पौडेल प्रहरी ईन्काउन्टरमा मारिएपछि प्रतिबन्धित पार्टीले आज नेपाल बन्द घोषणा गरेको छ ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..