कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
कैलालीस्थित नगरपालिकाको कार्यालयमै बम विस्फोट

धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका क्रममा कैलालीस्थित गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । 

मंगलबार (आज) बिहान करिब ४ बजेतिर नगरपालिकाको कार्यालयमै बम विस्फोट गराईएको प्रहरीले जानकारी दिएको छ । राती १ बजेतिर नै सुरक्षा गार्ड र प्रहरीले नगरपालिकाको हाताभित्र झोला फालेर जंगलतिर भागिरहेको व्यक्तिलाई देखेका थिए ।

तत्कालै बम डिस्पोजका लागि सुरक्षाकर्मी बोलाईएपनि उनीहरु आउनुअघि नै बिहान ४ बजे बम विस्फोट भएको हो । बम विस्फोटबाट खासै क्षति नभएको र अहिले सो स्थान वरपर कडा सुरक्षा व्यवस्था कायम गरिएको छ ।


आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना
आजको मौसम: देशभर चीसो बढ्दै, वर्षाको सम्भावना

काठमाडौं । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ ।&n..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त
उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त

काठमाडौं । न्याय परिषदले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । गोर्खा ब्रुअरीको कर विवादसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको..

दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ
दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जना पक्राउ

काठमाडौं । पाटेबाघको छालासहित २  जना काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घ..