सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् । 

खोटाङ जिल्लाको हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा १३ च ३७९३ नम्बरको कार सोमबार राति २ बजेतिर सुनकोशी नदीको बगरमा खसेको हो ।

कारमा सवार काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर निवासी ६० वर्षीय अच्युत लामिछाने र उहाँकी बुहारी ४५ वर्षकी हेमा लामिछानेको घटनास्थलमा नै ज्यान गएको हो । 

घाइतेहरु कारका चालक ५८ वर्षीय दीपक लामिछाने (हेमाको श्रीमान्) र २६ वर्षीय आस्था लामिछाने (अच्युतको छोरी) लाई उपचारका लागि काठमाडौं पठाईएको छ ।


माैसम: मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने
माैसम: मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जल तथा मौ..

बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी
बम विस्फोटमा १८ जनाको मृत्यु, आठ जना घाइते, विस्फोटको अनुसन्धान जारी

अफगानिस्तान । राजधानी काबुलस्थित काबुल विश्वविद्यालमा आज भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजेर १..

बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीका लागि आवश्यक सामग्री हस्तान्तरण
बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीका लागि आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं । आप्सा नेपालका वरिष्ठ सल्लाहकार तथा उद्मोगी प्रदिपमान प्रधानले अरिवल वर्षासँगै आएको बाढीपहिरो र डुबान पिडित क्षेत्र सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाक..

बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता
बाढीपहिरो र डुबान अपडेटः ९० जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।  विपदमा परेर अह..