नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !

नवलपरासी । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अधिकारी नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति  हुन्।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै  गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना २७ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।  

मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन्।


सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु
सर्पको टोकाइबाट बुद्धीबहादुरको मृत्यु

कावासोती । सर्पको टोकाईबाट पूर्वी नवलपरासीको कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धीबहादुर थापाको मृत्यु भएको छ । सुरुमा सर्पले टोकेको भनेर पत्तो नभएकाले उनलाई..

करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु
करेन्ट लागेर इटहरीमा एकजनाको मृत्यु

सुनसरी । इटहरी उप-महानगरपालिका-१२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार बि.एस.मेटल फ्याक्ट्रीका कामदार ३० बर्षीय यादव श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । बिह..

विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 
विदेशी डान्स बारबाट १२ जना नेपाली युवती उद्धार 

काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।  केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थि..

२० वर्षीया युवती असईद्वारा बलात्कृत
२० वर्षीया युवती असईद्वारा बलात्कृत

रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक ९असई० राजेन्द्र साह पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा साहलाई..