सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो


नेपाल पाना प्रकाशित: २०७६-३-१० गते
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो । 

डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले भाउ महंगो भएको शाक्यको भनाइ छ । चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 


अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । हिजो बिहिबारको तुलनामा आज शुक्रबार अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । अघिल्लो दिनको तुलनामा नेपाली मुद्रा बलियो हुँदा विदेशबाट विप्रेषण पठाउने नेपालीका परिव..

के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै
के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आज फाईनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) बैठक बस्दैछ । यो बैठकले पाकिस्तानलाई कालोसूचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्नेछ । ..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३..

नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड
नेपाललाई ओखर बेचेर चीनले लग्यो १७ करोड

रसुवा । ओखर बेचेर चीनले नेपालबाट १७ करोड ६३ लाख रुपैयाँ लगेको छ । देशमै उत्पादन भएको ओखर बजारीकरण हुन नसक्दा चाडपर्वमा अत्याधिक माग हुँदा चीनियाँ ओखरले नेपाली बजार लगभग कब्जाज..