एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा


आर.एन. राउत प्रकाशित: २०७६-३-१० गते
एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा

काठमाडौं । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हाँसिल गरेको छ ।

विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्पेसएक्स’ कम्पनीको ‘फाल्कन हेभी रकेट’ मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ ।

अमेरिकी समयअनुसार बिहान २ः३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो । स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो र यस अभियानमा करिब ६ घण्टा लागेको थियो ।

स्पेसएक्सका अनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको ‘बुस्टर’ लाई पनि यस पटक पुन स् प्रयोग गरिएको थियो । अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित गरिरहेको स्पेसएक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ ।


नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप
नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप

काठमाडौं । यस वर्षका अर्थशास्त्रका नोबल पुरस्कार विजेता अभिजित बेनर्जीमाथि वामपन्थी झुकावको आरोप लागेको छ । उनलाई भारतका एकजना मन्त्रीले वामपन्थी झुकाव रहेको भन्दै त्यस्तो आर्..

बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..