झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते


नेपाल पाना प्रकाशित: २०७६-३-१० गते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । 

झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार साढे ३ बजे बिहान बस दुर्घटना भएको जनाइएको छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना भएको  स्थानमा उद्धारकार्य सकिएको र घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

यस दुर्घटनामा गम्भीर घाइते भएका छ जना व्यक्तिलाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको बताइएको छ । घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।


नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप
नोबल पुरस्कार विजेता बेनर्जीमाथि वामपन्थी झुकावको आरोप

काठमाडौं । यस वर्षका अर्थशास्त्रका नोबल पुरस्कार विजेता अभिजित बेनर्जीमाथि वामपन्थी झुकावको आरोप लागेको छ । उनलाई भारतका एकजना मन्त्रीले वामपन्थी झुकाव रहेको भन्दै त्यस्तो आर्..

बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !
हात्तीको कारण द्रुत गतिका ट्रेन रोकियो !

काठमाडौं । वन्य जन्तुहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो । विभिन्न देशहरुले वन्य जन्तुको संरक्षणको लागि क्षेत्रहरु छुटाएका छन् । त्यस्तै उत्तर बंगालको वन क्षेत्रमा पनि वन..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..