अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 


नेपाल पाना प्रकाशित: २०७६-३-१० गते
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ। 

गगनले स्वास्थ्यमन्त्री हुँदा अघि सारेको योजनालाई वर्तमान सरकारले आत्मसात गरेको हो। गगनले गरेको एउटा महत्वपूर्ण निर्णय हो, विदेशमा उपचार गर्न जाने भिभिआईपी र भिआईपीलाई उपचार खर्च नदिने। 

छोटो समयका लागि मन्त्री बन्ने अवसर पाएका गगनले आफ्नै पार्टीभित्र संघर्ष गरेर राज्यको ढुकुटीबाट उपचार खर्च नपाउने निर्णय गराएका थिए। यो निर्णयलाई अहिलेको ओली सरकारले पनि कडाईका साथ लागु गरेको छ। यो निर्णय कार्यान्वयन हुनुमा वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि ठूलो हात छ। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै मन्त्री यादवले विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको र कडाईका साथ कार्यान्वयन गरिने बताए। 

‘विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान छैन, व्यवस्था पनि छैन,’ उनले भने, ‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ।’

उपचारका लागि विदेश जाने प्रचलन देखिएको भए पनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि सम्भव भएको भन्दै उनले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह गरे। 

सांसदहरूले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठूलो रकम खर्च भएको भन्दै सांसदहरूले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

मन्त्री यादवले गगनले आफ्नो कार्यकालमा अघि सारेका अन्य कार्यक्रमलाई पनि निरन्तरता दिएको जानकारी गराए। नेपाललगायत विश्वभर नै नसर्ने रोगका रोगीहरू तीव्र गतिमा बढ्दै गइरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निःशुल्क गराएको र किड्नी ट्रान्सपलान्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताए। 

त्यसैगरी क्यान्सरलगायतका ८–९ किसिमका रोगहरू उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउँदै आएको पनि जानकारी गराए। यी कार्यक्रम गगनको कार्यकालमा अघि बढेका थिए।


ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा
ओली सरकारको निर्णयविरुद्ध वरिष्ठ पाइलट विजय लामाले लिए एक्सन, सर्वोच्चमा पर्यो मुद्दा

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट एवं अभिनेता विजय लामाले नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। हवाई क्षेत्रको प्रमुख सरकारी नियाम..

चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग
चोरी गरेको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षको रामधुलाई, जोगाउन आएका प्रहरीको पनि भागाभाग

जुम्ला । जुम्लाका एक वडाध्यक्ष आफ्नै नगरवासीबाट कुटिएका छन्। नगरका जनताको भोटबाट स्थानीय तहको निर्वाचनमा वडाको प्रमुखमा निर्वाचित पातारासी गाउँपालिका ४ का वडाध्यक्ष कालीबहादुर..

वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !
वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रयास गरेको छ । पछिल्लो पटक विप्लव समुह र प्रहरीविचको मुठभेडमा प्रहरीकै मृत्यु भएको घटनापछि सरकार गंम्भिर बन..

साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..