ओली सरकार आफैं ढल्ने सुचना छ : मनिष सुमन


नेपालपाना प्रकाशित: २०७६-३-१० गते
ओली सरकार आफैं ढल्ने सुचना छ : मनिष सुमन

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् । 

उनले भने,‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि । बरु, यो सरकार आफैं ढल्ने मसँग सुचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे । 

पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए । 

उनले भने,‘उहाँ अहिले विरामी हुनुहुन्छ । उपचार गराईरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधीले पनि काम गर्दैन् । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाईएको छ ।’

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त संभावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे । उनले भने,‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ । उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन् । जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौं ।’

मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकत्ता रहेको सुमनको भनाई छ । उनले भने,‘जनताले हामीलाई एकताको लागि उत्प्रेरणा दिईरहेका छन् ।’


'नेपालको सबैभन्दा ठूलो सेक्स स्क्याण्डल', सभामुख महरालाई बचाउन निकालिएको बिज्ञप्ति नै झुठो !
'नेपालको सबैभन्दा ठूलो सेक्स स्क्याण्डल', सभामुख महरालाई बचाउन निकालिएको बिज्ञप्ति नै झुठो !

काठमाडौं । प्रतिनिधि सभाका संसदका सभामुख कृष्णबहादुर महराले आफ्नो हर्कत लुकाउन झुटको सहारा लिएको खुलासा भएको छ । उनले आफ्ना प्रेस सल्लाहकार डिल्ली मल्लमार्फत् जारी गरेको प्रेस..

रक्सी खाएर लठ हुने सभामुख महराको यस्तो छ चर्तिकला !
रक्सी खाएर लठ हुने सभामुख महराको यस्तो छ चर्तिकला !

काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिलासँग जबरजस्ती यौनसम्पर्क गर्नु अगाडि मदिरा सेवन गरेको खुलासा भएको छ । हाम्राकुरा नामक अनलाइनका अनुसा..

भाइलाई आईजीपी बनाउन प्रधानमन्त्री ओलीमाथि राष्ट्रपतिको दवाब, खनालबिरुद्ध ठुलो षड्यन्त्र !
भाइलाई आईजीपी बनाउन प्रधानमन्त्री ओलीमाथि राष्ट्रपतिको दवाब, खनालबिरुद्ध ठुलो षड्यन्त्र !

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई हटाएर नयाँ आईजीपी बनाउन एउटा गिरोहले खेल शुरु गरेको रहस्य बाहिर आएको छ । अबको चार महिनापछि अनिवार्य अवकासम..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन: प्रधानमन्त्री ओलीले दिए 'सरप्राइज'
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज जन्मदिन: प्रधानमन्त्री ओलीले दिए 'सरप्राइज'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट ग..