युद्धकालमा माओवादीलाई सघाएका सैनिकले कुनैपनि सेवासुविधा नपाउने, कारबाही गर्ने बाटो खुल्यो


नेपालपाना प्रकाशित: २०७६-३-११ गते
युद्धकालमा माओवादीलाई सघाएका सैनिकले कुनैपनि सेवासुविधा नपाउने, कारबाही गर्ने बाटो खुल्यो

काठमाडौं । सेनाको गोपनीयता भंग, अनुशासन उल्लंघन तथा विश्वासघातको कसुर गर्ने सैनिकले पुनर्बहाली, पेन्सन, उपचार खर्चलगायतका कुनै पनि सेवासुविधा नपाउने भएका छन्।  यस्तो सुविधा पाउनुपर्ने मागदाबी सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्षसँगको मिलिभगतमा सेनामाथि विश्वासघातको अभियोगमा बर्खास्त र जेल सजायको कारबाहीपछि ती सैनिकले सर्वोच्चमा रिट दिएका थिए। तत्कालीन विद्रोही माओवादीसँग भएको बृहत् शान्ति सम्झौताका सर्तले सेनाभित्रको अनुशासन उल्लंघनमा सैनिकमाथि गरिएका कारबाहीलाई असर नपर्ने गरी फैसला मार्गदर्शन हुने अपेक्षा गरिएको छ।

 सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले मंगलबार सैनिक ऐनबमोजिम भएको कारबाहीका पक्षमा निर्णय दिएको हो। सेनाको ड्युटीमा रहेका सैनिक शिवप्रसाद दाहालसहितका सैनिक ‘क्वाटर गार्ड’ मा ड्युटी कमान्डर खटिएका बेला विद्रोही माओवादी बन्दीलाई आफ्नो परिचय दिएको, ब्यारेकभित्रै चिठीपत्र आदानप्रदान गर्न सहयोग गरेको, थुनुवाको मागअनुसार डिउटी कपीको पाना च्यातेर बन्दीलाई दिएको, थुनुवाको समेत परिचय लिएको, चिठीपत्र आदानप्रदान गरी सेनामा विश्वासघात गरेको अभियोगमा कारबाहीमा परेका थिए।

सैनिक अदालतको कारबाहीपछि दाहालले सर्वोच्चमा दिएको रिटमा अन्तिम फैसला भएको हो। दाहालले जेनेभा महासन्धिको धारा ७१ ले युद्ध बन्दीलेसमेत आफ्ना परिवार र नातेदारसँग पत्राचार गर्ने हक रहेको जिकिरसमेत रिटमा गरेका थिए। उनी १७ वर्षसम्म सेवा गरेका व्यक्ति हुन्। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।


निगमले चीनलाई जहाजको अन्तिम किस्ता नतिर्ने
निगमले चीनलाई जहाजको अन्तिम किस्ता नतिर्ने

काठमाडौं । सरकारले अनुदान तथा सहुलियत ऋणमा ल्याइएका ६ वटा चिनियाँ जहाज ९दुईवटा एमए ६० र चारवटा वाइ १२ ई०को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले..

कारगारभित्र कैदीका साथबाट भेटियो जासुसी पेन क्यामरा
कारगारभित्र कैदीका साथबाट भेटियो जासुसी पेन क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुस..

नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?
नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका वामदेव गौतमले नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी पाउने भएका..

अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक
अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागि..