९ बर्षअघिको हिसाबकिताब भुलेर फेरी एक करोड रुख रोप्दै सरकार


नेपालपाना प्रकाशित: २०७६-३-११ गते
९ बर्षअघिको हिसाबकिताब भुलेर फेरी एक करोड रुख रोप्दै सरकार

काठमाडौं स् करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा। कालापत्थरमा मन्त्रिपरिषद् बैठक गर्नेदेखि चितवन निकुञ्जमा मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए।

२०६६ सालको मनसुन अवधिमा बोहराकै पहलमा एकै दिनमा एक लाख बिरुवा रोप्ने कार्यक्रम पनि आयोजना भयो। राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टीका प्रमुख, मन्त्रीदेखि उच्च ओहदाका व्यक्तिलाई प्रमुख अतिथि बनाएर काठमाडौंका १२ स्थानमा एकै दिन एक लाख विरुवा रोपियो पनि  तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गागालफेदीको ढकालडाँडामा रुद्राक्ष रोपेर कार्यक्रमको थालनी गरेका थिए।

त्यतिवेला डाँछी, गागलफेदी, कपन, गोकर्ण, नयाँपाटी, बूढानीलकण्ठ, टोखालगायत स्थानमा एक लाख विरुवा रोपिए। वन मन्त्रालयले आफ्नै नर्सरीबाट विरुवा जुटाएको थियो। वागमती सुधारसम्बन्धी कार्ययोजना बनाउन एसियाली विकास बैंकले दिएको रकम वृक्षारोपण गरिएको कोषका तत्कालीन सदस्यसचिव जुद्धबहादुर गुरुङले जानकारी दिए।

विभिन्न शीर्षकमा २५ ३० लाख खर्च भएको हुनसक्ने उनको भनाइ छ। यसरी रोपिएका विरुवाबारे बेखर रहेको सरकार यही असार १४ गते एक करोड विरुवा रोप्ने अभियानको तयारीमा छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना भन्छन्, ‘त्यो पुरानो विषय पनि भयो, अब फेरि विरुवा रोप्ने अभियान थाल्दैछौँ,’ कान्तिपुर दैनिकमा खबर छ । 


बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड
बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड

काठमाडौं । बैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीयकरण गर्न जोड दिएको छ ।  देश संघीयतामा गइसके पनि बैदेशिक रोजगारीका अधिकाशं संयन्त्र केन्द्रिकृत हुदाँ सेवा ग्राहीले सहजत..

सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण
सर्वोच्चले रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट..

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 
अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा फहराइयो, विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान 

इलाम । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ । भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्..

चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्
चिकित्सा शिक्षामा शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ..