पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !


नेपालपाना प्रकाशित: २०७६-३-११ गते
पार्टी गाभेको १३ महिनापछि प्रचण्डलाई ओलीको लोप्पा !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।

पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्यदिशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ । अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको र कार्यान्वयन हुने अभिव्यक्ति दिएपछि पार्टीभित्र राजनीतिकरूपमा तरङ्ग ल्याएको थियो । 

पार्टीका नेताहरूको कार्यविभाजन, जनसंगठनको एकीकरण, स्थानीय तहको एकताको विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ । कार्यविभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ ।

पार्टी एकीकरण भएको तीन महिनामा सबै एकताको काम सम्पन्न गरे पनि १३ महिना बितिसक्दासमेत पूर्णता पाउन नसकेको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।


रोग निको हुने भन्दै धर्म परिवर्तन
रोग निको हुने भन्दै धर्म परिवर्तन

काठमाडौँ । पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न था..

जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक
जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक

काठमाडौं । सरकारले मुलुकभरको जमिन १० प्रकारमा वर्गीकरण गरी कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्र, ठूला विकास परियोजनाको विकास र प्रवद्र्धनको उद्देश्यले भू-उपयोग विधेयक संघीय स..

बालगृहका नाममा ठगी धन्दा
बालगृहका नाममा ठगी धन्दा

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे । प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठम..

मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने
मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।  असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल..