रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !


रासस प्रकाशित: २०७६-३-११ गते
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भएको छ।

"लोडसेडिङ छैन भन्छन् तर बिजुली गइरहन्छ, आइहाल्यो भने पङ्खा पनि चल्दैन," बुटवल उपमहानगरपालिका–१३ की गीता आचार्य भन्छिन् । बुटवल, भैरहवा, लुम्बिनीलगायतका मुख्य स्थानमासमेत विद्युत कटौती हुने गरेको छ।

विद्युत प्राधिकरणले बिनासूचना विद्युत कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ। पटक–पटक गरी दैनिक करिब ४ घन्टा विद्युत जाने र आए पनि ‘लो भोल्टेज’ हुने गरेका कारण पङ्खा, मोटरलगायतका विद्युतीय साधन राम्रोसँग नचलेको रुपन्देही शङ्करनगरका लोकनाथ ज्ञवालीले गुनासो गरे।

अनियमित विद्युत आपूर्ति हुँदा बुटवलमा पिउने पानीको समेत समस्या भएको छ। "बिजुली भएन भने धारामा पानी आउँदैन," बुटवल–१४ का श्रीधर खनालले भने, "यस्तो गर्मीमा बिजुली गएपछि रातभरि सुत्न सकिँदैन।"

वर्षाको समय भएकाले नगरका विभिन्न स्थानमा तार चुडिँदा विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण वितरण केन्द्र बुटवलका प्रमुख सञ्जयकुमार मिश्रले बताए। "पुराना तार र सडक विस्तारका कारण पोल हटाउँदा केही समय विद्युत कटौती गर्नुपर्छ," उनले भने, "आवश्यक स्थानमा एक/दुई घन्टाबाहेक सबै क्षेत्रमा एकैपटक विद्युत जाँदैन।"

प्राधिकरणले जुन वडामा काम भइरहेको छ, त्यही क्षेत्रको विद्युत मात्रै केही समयका लागि कटौती गरी काम गरेकाले त्यसलाई लोडसेडिङको रुपमा नबुझ्न उनले आग्रह गरे।

उता भैरहवा–लुम्बिनी क्षेत्रमा समेत सडक विस्तरको कामले गर्दा केही समय विद्युत सेवा अवरुद्ध हुँदै आएको छ। विद्युत प्राधिकरण भैरहवाका प्रमुख उमाकान्त झाले यो समयमा बढी हावाहुरी आउने भएकाले विद्युतका पोल ढल्ने र तार चुडिने हुँदा विद्युत सेवा रोकिने गरेको बताए।

"लोडसेडिङ पूर्णरुपमा हटेको छ तर कहिलेकाहीँ मौसमका कारण विद्युतमा समस्या आउँछ," उनले भने। प्रमुख झाले सडक निर्माणका कारण पोलहरु सार्नुपर्ने भएकाले त्यस्तो समयमा निश्चित क्षेत्रको मात्रै विद्युत कटौती हुने गरेको स्पष्ट पारे।


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..