‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’


नेपाल पाना प्रकाशित: २०७६-३-११ गते
‘प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन’

काठमाडौं । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रस्ताव स्वीकृत गरेको छ । 

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा ‘विनियोजन विधेयक, २०७६’ माथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको खर्च गर्ने क्षमता सरकारसँग रहेको बताए ।

उनले बजेटले आयातलाई क्रमशः प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिएको र आत्मनिर्भर अर्थतन्त्रको उन्नयनमा बजेट केन्द्रित रहेको उल्लेख गर्दै सामाजिक सुरक्षामासमेत बजेट वृद्धि गरी लोककल्याणकारी राज्यको अवधारणासमेत अगाडि बढाइएको स्पष्ट पारे ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै नेपाली काँग्रेसका सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्रीले भने “ सो कार्यक्रममा कुनै अनियमितता भएको छैन । आगामी दिनमा झन् प्रभावकारी रुपमा अगाडि बढ्छ । कुनै दुविधा नराख्नुस् ।”


‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’
‘चीनलाई टुक्राउन प्रयास गर्नेको हड्‍डी धुलो बनाइदिन्छौं’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फिर्ता भइसक्दा पनि विभिन्न संचारमा समाचारले प्राथमिकता पाइरहेको छ ।  नेपाली मिडियाले भ्रमणक..

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र..

मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे हल्लामा कुनै सत्यता छैन्: प्रचण्ड

कैलाली । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।  पछिल्लो समय मन्त्रिमण्डल पूनर्गठन हुनेबारे ह..

सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)
सरकार यात्रामा अवरोध गरे खरानी हुन्छ : विप्लव (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ती जारी गर्दै आफ्नो नेता तथा कार्यकर्ताहरु पक्राउ गरेको भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।  आफूह..