सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-११ गते
सडक किनारमा राखिएको बम विस्फोट, ५ सैनिकको मृत्यु

काठमाडौं । इराकको उत्तरी राज्य किर्कुकको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी बुधबार ५ इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ ।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स ९आइएस० आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी ५ जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ । इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतङ्ककारी समूहलाई देशभरी नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकिय रुपमा नै सुधार आएको बताइन्छ ।


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..