पुनर्निर्माणमा ढिलाई गरेपछि युनेस्कोले सबै सम्पदा खतराको सूचीमा राख्दै


नेपालपाना प्रकाशित: २०७६-३-१२ गते
पुनर्निर्माणमा ढिलाई गरेपछि युनेस्कोले सबै सम्पदा खतराको सूचीमा राख्दै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँ उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।

प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औँ सेसनमा छलफल हुने भएको छ । प्रस्ताव पारित भए काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत क्षेत्रहरुको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्व विभाग स्रोतले व्यक्त गरेको छ । 

उपत्यका काठमाडौँ, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदामा छन् ।

युनेस्कोले उपत्यकामा भूकम्पमा क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुननिर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको , पशुपतिनाथ क्षेत्रको बीचाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्र्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 


आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने
आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने

काठमाडौं । बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम ब..

दशैंको टीकाको शुभ साइत सार्वजनिक
दशैंको टीकाको शुभ साइत सार्वजनिक

काठमाडौं । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मन..

आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो
आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो

काठमाडौँ । दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गर्न भक्तजनहरुको ठूलो घुइचो लागेको छ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा..

आजदेखि बडादशैँ सुरु
आजदेखि बडादशैँ सुरु

काठमाडौं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्ला..