आज पन्ध्रअसार - दहीच्युरा खाएर धान दिवस मनाइँदै 


रासस प्रकाशित: २०७६-३-१५ गते
आज पन्ध्रअसार - दहीच्युरा खाएर धान दिवस मनाइँदै 

काठमाडौं । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदैछ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।

यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ।

यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन्। यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ।







अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:
अयोध्या नगर विकास गर्न थाल्याे जोडजाड तयारी, यस्तो छ विकास गर्ने लक्ष्यहरू:

काठमाडौं ।  अयोध्यालाई विकास गर्न जोडजाड तयारी थालेको छ । भारतको सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाए..

तुलसी–दामोदरको विवाह गरिने हरिबोधिनी एकादशी आज, काठमाडौं उपत्यकाका चार नारायणमा भव्य मेला लाग्दै
तुलसी–दामोदरको विवाह गरिने हरिबोधिनी एकादशी आज, काठमाडौं उपत्यकाका चार नारायणमा भव्य मेला लाग्दै

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (वि..

तराईको छठ विशेष, अस्ताउँदो सूर्यलाई अर्घ्य : (तस्बिरमा तराईको छठ)
तराईको छठ विशेष, अस्ताउँदो सूर्यलाई अर्घ्य : (तस्बिरमा तराईको छठ)

काठमाडौं । मिथिलाञ्चलको प्रमुख पर्व छठको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन साँझ अस्ताउँदो सूर्यल..

आज छठ पर्वको मुख्य दिन, उपत्यकासहित मिथिलामा रौनक, अस्ताउँदो सूर्यको अर्घ दिइँदै, धार्मिक मान्यता के छ ?
आज छठ पर्वको मुख्य दिन, उपत्यकासहित मिथिलामा रौनक, अस्ताउँदो सूर्यको अर्घ दिइँदै, धार्मिक मान्यता के छ ?

काठमाडौं । आज छठ पर्वको तेस्रो दिन काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोल..