आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा 


नेपालपाना प्रकाशित: २०७६-३-१६ गते
आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा 

काठमाडौं । धावनमार्ग मर्मतको काम सम्पन्न भएसँगै सञ्चालनमा रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । 

गत तीन महिनादेखि विमानस्थलको रनवे मर्मत गर्नेक्रममा विमानस्थल १० घण्टा मात्रै सञ्चालनमा ल्याईएको थियो । ४० बर्षपछि धावनमार्ग मर्मत गर्नेक्रममा तीन महिनासम्म राती १० बजेदेखि बिहान ८ बजेसम्मका लागि विमानस्थलमा उडान एवं अवतरण बन्द गरिँदै आएको थियो । 

धावनमार्ग मर्मतमा जुटेको चिनियाँ कम्पनीले समयमै काम सम्पन्न गरेपछि विमानस्थल सञ्चालनमा आउन लागेको हो । अबदेखि हरेक दिन बिहान ६ बजेदेखि अर्को दिनको बिहान ३ बजेसम्म विमानस्थल सञ्चालनमा आउनेछ ।

धावनमार्ग पुननिर्माण गरिएसँगै अब १० बर्षसम्मका लागि विमानस्थलमा उडान/अवतरणमा अवरोध नआउने नेपाल उड्ययन प्राधिकरणले दाबी गरेको छ । 

धावनमार्ग पुरानो भएका कारण गत बर्षको बर्खायाममा मात्र ५ पटकसम्म धावनमार्गमा खाडल परेको थियो । अबउप्रान्त धावनमार्ग र ट्याक्सी-वेमा कुनै समस्या नहुने बताईएको छ ।


‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’
‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका..

‘डेंगु नियन्त्रणमा चुनौती, आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन’
‘डेंगु नियन्त्रणमा चुनौती, आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन’

काठमाडौं । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ । उ..

बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता
बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवावासभा । खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० बजे क..

बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 
बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 

काठमाडौं । मौसम प्रतिकुल भएकाले बर्षा रोकिएपछि मात्रै आरोहीहरुलाई हिमाल आरोहण गराउन पर्यटन विभागले आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले निरन्तर परिरहेको झरी अझै..