कति जीपीएले इच्छाअनुसारको विषय पढ्न पाउने ?


नेपाल पाना प्रकाशित: २०७६-३-१६ गते
कति जीपीएले इच्छाअनुसारको विषय पढ्न पाउने ?

काठमाडौं । कक्षा ११ मा भर्ना हुने विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भएका छन् ।

विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७४ असार ३ गते विद्यार्थीले पाएको विषयगत नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुन पाउने व्यवस्था गरे बमोजिम माथिल्लो कक्षामा भर्ना हुनुपर्नेछ ।

यस व्यवस्था अनुसार फिजीक्स, केमेस्ट्री, बायोलोजी, म्याथम्याटीक्स, कम्प्युटर साइन्स र एग्रिकल्चर विषयमा भर्ना हुन चाहने विद्यार्थीले ग्रेड प्वाइन्ट एभरेज ९जिपीए० २ ल्याएकै हुनुपर्नेछ । त्यसबाहेक ती विद्यार्थीले विज्ञान र गणितमा सी प्लस र अंग्रेजी, नेपाली र सामाजिक विषयमा डी प्लस ल्याउनैपर्छ ।

व्यावसायिक समूहका एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रीकल, सिभिल र कम्प्युटर इन्जीनियरिङमा भर्ना हुन जीपीए १ दशमलव ६ र अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिकमा डी प्लस ल्याएकै हुनुपर्छ ।

यसैगरी होटल म्यानेजमेन्ट, ट्राभल तथा टुरिज्म अध्ययन गर्न पनि १ दशमलव ६ जीपीए ल्याए पुग्छ तर अंग्रेजी, नेपाली, गणित तथा सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्छ ।

विद्यार्थीले विषयगत र समग्रमा पाएको जीपीएको आधारमा मात्रै भर्ना हुन पाउने व्यवस्था गरिएको छ ।


‘विद्यालयमा पढाइ हुने यौन शिक्षामा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन’
‘विद्यालयमा पढाइ हुने यौन शिक्षामा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन’

काठमाडौं । विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्..

त्रिविले ९ नम्बर ल्याएर फेल भएको विद्यार्थीलाई ६९ नम्बर दिएको स्वीका-यो 
त्रिविले ९ नम्बर ल्याएर फेल भएको विद्यार्थीलाई ६९ नम्बर दिएको स्वीका-यो 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गल..

एक दशकसम्म तलब नपाएको भन्दै विद्यालयमा अनिश्चितकालीन तालाबन्दी
एक दशकसम्म तलब नपाएको भन्दै विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

जुम्ला । सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । ..

गुरुकुल विद्यापीठबाट एसईईमा सहभागी सम्पूर्णले ल्याए ‘ए प्लस’
गुरुकुल विद्यापीठबाट एसईईमा सहभागी सम्पूर्णले ल्याए ‘ए प्लस’

भरतपुर । गुरुकुल विद्यापीठबाट २०७५ सालको एसईई परीक्षा सहभागी सबैले ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।  बिहीबार सार्वजनिक भएको एसईई परीक्षाफलमा देवघाटधामस्थित परम..