एक दशकसम्म तलब नपाएको भन्दै विद्यालयमा अनिश्चितकालीन तालाबन्दी


नेपाल पाना प्रकाशित: २०७६-३-१६ गते
एक दशकसम्म तलब नपाएको भन्दै विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

जुम्ला । सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । 

गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।

ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गतेका दिन चार दिनको अल्टिमेटम दिँदासमेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको शान्तिजन आधारभूत विद्यालय काडागाउँका शिक्षक घनश्याम बुढाले बताए ।

विद्यालय बन्द हँुदा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताए ।

विद्यालय बन्द हँुदा विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगर्न उनले आग्रह गरे । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या हल गर्नुपर्ने उनको भनाइ छ । आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडानमा छन् ।


‘विद्यालयमा पढाइ हुने यौन शिक्षामा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन’
‘विद्यालयमा पढाइ हुने यौन शिक्षामा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन’

काठमाडौं । विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् । ‘स्वास्..

त्रिविले ९ नम्बर ल्याएर फेल भएको विद्यार्थीलाई ६९ नम्बर दिएको स्वीका-यो 
त्रिविले ९ नम्बर ल्याएर फेल भएको विद्यार्थीलाई ६९ नम्बर दिएको स्वीका-यो 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गल..

कति जीपीएले इच्छाअनुसारको विषय पढ्न पाउने ?
कति जीपीएले इच्छाअनुसारको विषय पढ्न पाउने ?

काठमाडौं । कक्षा ११ मा भर्ना हुने विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भएका छन् । विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७४ असार ३ गते विद्यार्थीले..

गुरुकुल विद्यापीठबाट एसईईमा सहभागी सम्पूर्णले ल्याए ‘ए प्लस’
गुरुकुल विद्यापीठबाट एसईईमा सहभागी सम्पूर्णले ल्याए ‘ए प्लस’

भरतपुर । गुरुकुल विद्यापीठबाट २०७५ सालको एसईई परीक्षा सहभागी सबैले ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।  बिहीबार सार्वजनिक भएको एसईई परीक्षाफलमा देवघाटधामस्थित परम..