‘सरकार असफल भए हामी पनि सिद्धिन्छौं, राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह’


नेपाल पाना प्रकाशित: २०७६-३-१७ गते
‘सरकार असफल भए हामी पनि सिद्धिन्छौं, राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह’

काठमाडौं । संसद भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार असफल भए आफूहरु सिद्धिने बताएका छन् । उनले सरकारलाई सफल बनाउनुको विकल्प नभएको भन्दै गल्तीलाई औल्याउने र राम्रा कामलाई प्रोत्साहित गर्न आग्रह समेत गरेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीले सरकारको सफलता असफलतामै नेपाल कम्युनिष्ट पार्टीको सफलता वा असफलता निर्भर रहेको भन्दै आ आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक सांसदले भने, सरकार असफल भए हामी पनि सिद्धिन्छौं ।

ओलीले सरकारले ल्याएको विधेयकको बचाउ गरेका थिए । सरकारमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको भन्दै सबै मिलेर सामना गर्नुपर्ने बताएका थिए । पार्टी एकता चाँडै टुंगिने भन्दै सबै एक भएर जानुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सोमबार २९ जना सांसदले सरकारको कामकारबाहीको टिपप्णी गर्नुका साथै सुझाव दिएका थिए । अधिकांश सांसदले सरकारको कामकारबाहीको आलोचना गरेका थिए । पार्टीमा गम्भीर छलफल नगरी सरकार अगाडि बढ्न खोजेको भन्दै सांसद घनश्याम भुषाले चर्को आलोचना गरेका थिए । उनले बैठकको औचित्यमाथि प्रश्न गरेका थिए ।


चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ
चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ

भरतपुर । बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उपनिर्वाचनको नतिजा जितको सुरुवात मात्रै भएको बताएका छन् ।  सभा..

सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे
सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे

काठमाडौं । नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार बसेको बैठकमा नेपाल सरकारले पा..

नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह
नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि इराकका राजदूतसँग नेपालीको सुरक्षामा गम्भीर भइदिन आग्रह गरेका छन् । थापाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा इराकमा रहेका..

स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 
स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 

काठमाडौं । नेपाली कांग्रेसले बिहीवार विज्ञप्ती जारी गर्दै बुढी गण्डकी जलविद्युत परियोजनाको सन्दर्भमा सरकारले तोकेको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको असन..