दाहालले लेखेको सहमतिपत्र नपढी हस्ताक्षर गरिदिएँ: प्रधानमन्त्री 


नेपाल पाना प्रकाशित: २०७६-३-१७ गते
दाहालले लेखेको सहमतिपत्र नपढी हस्ताक्षर गरिदिएँ: प्रधानमन्त्री 

काठमाडौं । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्नु भनेको थिएँ । उहाँ ९पुष्पकमल दाहाल० ले ल्याउनु भयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तरवार्तामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो । दाहालले प्रधानमन्त्री ओलीले सहमतिपत्र लेखेर ल्याउन आग्रह गरेअनुसार आफूले लेखेको र प्रधानमन्त्रीले हस्ताक्षर गरेको बताएका थिए ।


चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ
चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ

भरतपुर । बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उपनिर्वाचनको नतिजा जितको सुरुवात मात्रै भएको बताएका छन् ।  सभा..

सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे
सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे

काठमाडौं । नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार बसेको बैठकमा नेपाल सरकारले पा..

नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह
नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि इराकका राजदूतसँग नेपालीको सुरक्षामा गम्भीर भइदिन आग्रह गरेका छन् । थापाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा इराकमा रहेका..

स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 
स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 

काठमाडौं । नेपाली कांग्रेसले बिहीवार विज्ञप्ती जारी गर्दै बुढी गण्डकी जलविद्युत परियोजनाको सन्दर्भमा सरकारले तोकेको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको असन..