‘विधेयकको प्रस्तावनाबाट ‘सामुदायिक’ भन्ने शब्द हटाइएको छ’


नेपाल पाना प्रकाशित: २०७६-३-१७ गते
‘विधेयकको प्रस्तावनाबाट ‘सामुदायिक’ भन्ने शब्द हटाइएको छ’

काठमाडौं । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभाकी सांसद कोमल वलीले वन सम्बन्धी विधेयकको प्रस्तावनाबाट ‘सामुदायिक’ भन्ने शब्द हटाइएको भन्दै त्यसको विरोध गरेकी छन् । सांसद वलीले वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सामुदायिक वनको अधिकार न्यून खोजेको बताएकी छन् ।

सामुदायिक वनहरूलाई स्वतन्त्र रुपमा मूल्य निर्धारणको अधिकारबाट बन्चित गर्न नहुनेमा नेकपा सांसद वलीको जोड छ । उनले बैठकमा भनिन्, ‘स्वयम सेवकको रुपमा काम गर्ने वनका पदाधिकारीहरूलार्य राष्ट्रसेवक किन भनिएको हो, म यसको जवाफ चाहन्छु ।’

बजेटमा वन मन्त्रालयलाई उच्च प्राथमिकता दिइएको र मन्त्रालयले वन क्षेत्र बढाउने गरी काम गर्नुपर्ने वलीको भनाइ छ । पाँच करोड विरुवा रोप्ने गरी चलाइएको अभियान राम्रो भएको तर ती विरुवा हुर्काउने र संरक्षण गर्नेतिर पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।


पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...
पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...

काठमाडौँ । विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो
सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा पछिल्लो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रि..

एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन
एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी९नेकपा०को सचिवालय बैठक निश्कर्षविहीन रुपमा टुंगिएको छ । एकताको बाँकी काम टुंग्याउन बोलाइएको सचिवालय बैठकमा शीर्ष नेताहरु अन्यत्र जानुपर्ने..