एसीवाला गाडीभित्र कुद्ने र धुलो नभएको जिकिर गर्ने प्रधानमन्त्रीमाथि चर्को आलोचना !


नेपालपाना प्रकाशित: २०७६-३-१८ गते
एसीवाला गाडीभित्र कुद्ने र धुलो नभएको जिकिर गर्ने प्रधानमन्त्रीमाथि चर्को आलोचना !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दिएको अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गरेका छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै आलोचना भएको हो ।

गत शनिबार मदन भण्डारीको ६८ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाको बेला भनेका थिएँ– ‘अब काठमाडौँमा नाक समाएर हिँड्नुपदैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’

प्रधानमन्त्री यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले तालीसमेत बजाए । प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुँवा र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नुपर्ने अवस्था छैन ।

तर यथार्थ भने ठीन उल्टो छ । प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 


कंगोमा ईबोलाले १७०० को ज्यान लियो
कंगोमा ईबोलाले १७०० को ज्यान लियो

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ ।  अति संक्र..

बाढी र डुबान प्रभावित जिल्लामा सरुवा रोगको जोखिम उच्च !
बाढी र डुबान प्रभावित जिल्लामा सरुवा रोगको जोखिम उच्च !

काठमाडौं । दुई सातायता निरन्तर परेको बर्खेझरीका कारण आएको बाढी र डुबानबाट प्रभावित अधिकांश क्षेत्रमा विभिन्न सरुवा रोगको प्रकोप देखिन थालेको छ ।  सर्पदंशका साथै झाडापख..

होसियार ! अत्याधिक चिनीयुक्त खानेकुरा बेचेर बच्चालाई रोगी बनाउँदैछन् ब्यापारी 
होसियार ! अत्याधिक चिनीयुक्त खानेकुरा बेचेर बच्चालाई रोगी बनाउँदैछन् ब्यापारी 

कोपेनहेगेन । बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ। खाद्य पदार्थमा समा..

दिउँसो सुत्ने बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ, सावधान !
दिउँसो सुत्ने बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ, सावधान !

काठमाडौं । निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । कम सुत्ने मानिसमा अल्..