त्रिविले ९ नम्बर ल्याएर फेल भएको विद्यार्थीलाई ६९ नम्बर दिएको स्वीका-यो 


नेपालपाना प्रकाशित: २०७६-३-१८ गते
त्रिविले ९ नम्बर ल्याएर फेल भएको विद्यार्थीलाई ६९ नम्बर दिएको स्वीका-यो 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् । 

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गरे । 

त्रिविका उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भने, “व्यक्तिका कारण छवि खराब हुनपुग्यो । आइन्दा यी कुरामा सजग हुनेछौँ । ” त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ । 

मार्कस्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो । छानविनपछि बद्मासी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो ।

यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले ‘इन्ट्री गरिएका मार्कस्लिप’ लिएर गएको खबर गोरखापत्र दैनिकमा छापिएको छ ।







रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..

‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।  ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं र..

एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने
एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति यही २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएसँगै प्रवेश परी..