ओलाङचुङगोला भन्सारको बिजोग - एक कर्मचारी, राजस्व १५ हजार, खर्च १७ लाख !


नेपालपाना प्रकाशित: २०७६-३-१८ गते
ओलाङचुङगोला भन्सारको बिजोग - एक कर्मचारी, राजस्व १५ हजार, खर्च १७ लाख !

काठमाडौं । फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो ।  त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ छ ।

भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन्। तर, कर्मचारीले स्थानीय भत्तासहित तलब बुझ्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्ष १५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।  कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भयो । 

स्थानीयका अनुसार भन्सारको कारोबार अपारदर्शी थियो। वडाध्यक्ष छेतेन भोटेले २०७२र७३ मा एकैपटक ६५ हजार राजस्व तिरेका थिए । तर, सोही वर्ष कार्यालयले राजस्व १८ हजार मात्रै जम्मा गरेको पाइएको छ । कर्मचारीका लागि भने १६ लाख ७८ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिका प्रवक्ता वालुङका अनुसार तीन वर्षअघिसम्म भन्सारले ‘ श्री ५ को सरकार’ लेखिएकै रसिद दिने गरेको थियो ।  यो वर्ष भने राजस्व शून्य छ । ‘चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, पशुचौपाया र तयारी सामान आयात–निर्यात हुन्छ’, उनले भने, ‘तापनि, त्यसको तथ्यांक राखेर राजस्व लिने निकाय लामो समयदेखि बन्द छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।


आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्री..

कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार फाइन गुणस्तरको सुनको करोबार ६५ हजार रुपैयाँमा भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपै..