हेलिकप्टरमार्फत आमा र शिशुको उद्धार


रासस प्रकाशित: २०७६-३-१८ गते
हेलिकप्टरमार्फत आमा र शिशुको उद्धार

बागलुङ । शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उनका नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी विकलाई मंगलबार शल्यक्रिया गरेर प्रसूति गराइएको थियो । डा. कृष्णहरि श्रेष्ठ र डा. दिलीप कोजुलगायतको टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापश्चात जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेका थिए । पोखरास्थित गण्डकी अस्पतालको अतिसघन कक्षमा शिशुको उपचार भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख दीपक तिवारीले बताए ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो । हेलिकप्टरदेखि उपचारमा लाग्ने सबै खर्च मन्त्रालयले व्यहोर्ने जनाइएको छ । उद्धारमा प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलगायत खटिएका थिए ।


कंगोमा ईबोलाले १७०० को ज्यान लियो
कंगोमा ईबोलाले १७०० को ज्यान लियो

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ ।  अति संक्र..

बाढी र डुबान प्रभावित जिल्लामा सरुवा रोगको जोखिम उच्च !
बाढी र डुबान प्रभावित जिल्लामा सरुवा रोगको जोखिम उच्च !

काठमाडौं । दुई सातायता निरन्तर परेको बर्खेझरीका कारण आएको बाढी र डुबानबाट प्रभावित अधिकांश क्षेत्रमा विभिन्न सरुवा रोगको प्रकोप देखिन थालेको छ ।  सर्पदंशका साथै झाडापख..

होसियार ! अत्याधिक चिनीयुक्त खानेकुरा बेचेर बच्चालाई रोगी बनाउँदैछन् ब्यापारी 
होसियार ! अत्याधिक चिनीयुक्त खानेकुरा बेचेर बच्चालाई रोगी बनाउँदैछन् ब्यापारी 

कोपेनहेगेन । बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ। खाद्य पदार्थमा समा..

दिउँसो सुत्ने बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ, सावधान !
दिउँसो सुत्ने बानीले हाम्रो स्वास्थ्यमा ठूलो समस्या निम्त्याउन सक्छ, सावधान !

काठमाडौं । निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । कम सुत्ने मानिसमा अल्..