सभापति देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको असन्तुष्ट पक्षको निष्कर्ष


नेपाल पाना प्रकाशित: २०७६-३-१८ गते
सभापति देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको असन्तुष्ट पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको निष्कर्ष निकालेका छन् । 

नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतका नेताहरुको बैठकले विधानको संकक्रमणकालीन व्यवस्थालाई टेक्दै सभापति शेरबहादुर देउवाले कांग्रेसलाई तदर्थवादमा लैजान खोजेको निष्कर्ष निकालेका हुन्।

पार्टीको नयाँ विधानको व्यवस्था अनुसार प्रदेश देखि वडासम्मको संरचना निर्वाचनबाटै छान्नु पर्ने जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘भागबन्डाबाट होइन निर्वाचनबाट संरचनाहरु गठन हुनुपर्छ।’

पार्टीका विभागहरुलाई वर्गिकरण गरेर सबै पक्षको सम्मान हुनेगरी गठन गर्नुपर्ने निष्कर्ष निकाल्दै एक सहभागीले भने, ‘राम्रो जति हाम्रोलाई चाम्रो ९नराम्रो० जति अर्को पक्षलाई दिनुभएन। सबैलाई सम्मान हुनेगरि विभाग गठन हुनुपर्छ।’


चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ
चितवनमा कांग्रेस कमजोर छैनः सभापति श्रेष्ठ

भरतपुर । बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उपनिर्वाचनको नतिजा जितको सुरुवात मात्रै भएको बताएका छन् ।  सभा..

सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे
सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे

काठमाडौं । नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार बसेको बैठकमा नेपाल सरकारले पा..

नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह
नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि इराकका राजदूतसँग नेपालीको सुरक्षामा गम्भीर भइदिन आग्रह गरेका छन् । थापाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा इराकमा रहेका..

स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 
स्थानीयवासीको असन्तुष्टीप्रति कांग्रेसको आपत्ति 

काठमाडौं । नेपाली कांग्रेसले बिहीवार विज्ञप्ती जारी गर्दै बुढी गण्डकी जलविद्युत परियोजनाको सन्दर्भमा सरकारले तोकेको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको असन..