मानवतस्करले लिबिया पु-याएका नेपाली युवा त्रिपोलीमा मारिए


रासस प्रकाशित: २०७६-३-१९ गते
मानवतस्करले लिबिया पु-याएका नेपाली युवा त्रिपोलीमा मारिए

काठमाडौं । युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्।

मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका २७ वर्षीय सन्तोष श्रेष्ठ रात्रि आक्रमणमा परी मारिएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन (आईओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।

आक्रमणमा परी श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ। यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको दूतावासले बताएको छ ।

त्रिपोलीमा रहेका श्रेष्ठको शव नेपाल ल्याउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो।

यसअघि आठ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको थियो। अझै छ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले विज्ञप्ति जारी गरी बताएको छ ।

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।


नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 
नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा ज..

मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ
मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ

काठमाडौं । मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पक्राउ परेका छन् । ललितपुरको पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोम..

नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु
नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो..

लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूर..