नागढुंगा उकालोमा १८ चक्के ट्रक बिग्रियो, आवागमन अवरुद्ध 


नेपालपाना प्रकाशित: २०७६-३-१९ गते
नागढुंगा उकालोमा १८ चक्के ट्रक बिग्रियो, आवागमन अवरुद्ध 

काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा नजिकै सिक्रेखोलामा १८ चक्के गाडी बिग्रँदा बिहान ६ बजेदेखि यातायात अबरुद्ध भएको छ । 

मार्बल बोकेर काठमाडौं आउँदै गरेको ठूलो ट्रक बीच सडकमै बिग्रिएकाले बाटो खुलाउन समस्या भएको रअहिले आलोपालो गरेर गाडी सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

अझै केही घण्टा यो सडकखण्डमा जाम हुने ट्राफिक प्रहरीले जनाएको छ । जामका कारण काठमाडौं प्रवेश गर्ने गाडीको लाइन खानीखोलासम्म र काठमाडौंबाट छुटेका गाडीको लाइन नागढुंगासम्म छ । 

काठमाडौं प्रवेश गर्ने यो मुख्य सडकखण्डमा बाटो साँघुरो र गाडीको चाप धेरै हुने हुँदा एउटा गाडी बिग्रँदा पनि लामो जाम हुने गरेको छ ।







गृहमन्त्रीद्वारा नेपाल प्रहरीको कामको प्रशंसा
गृहमन्त्रीद्वारा नेपाल प्रहरीको कामको प्रशंसा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान मह..

गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता
गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता

गुल्मी। गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। २ जना बेपत्ता छन् । सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले..

अब हिमालय एयरलाइन्सले ढाकाको उडान गर्ने
अब हिमालय एयरलाइन्सले ढाकाको उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन..

काठमाडौंमा लगातार ४ दिन १८ वर्षीया किशोरीलाई करणी
काठमाडौंमा लगातार ४ दिन १८ वर्षीया किशोरीलाई करणी

काठमाडौं । ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपा..