कार र स्कुटर एक-आपसमा ठोक्किँयो, एक जनाको मृत्यु, २ जना घाईते


रासस प्रकाशित: २०७६-३-१९ गते
कार र स्कुटर एक-आपसमा ठोक्किँयो, एक जनाको मृत्यु, २ जना घाईते

रुपन्देही । रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको शाहले बताए । पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नंको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठक्क्र खाँदा दुर्घटना भएको हो ।


नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 
नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा ज..

मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ
मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ

काठमाडौं । मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पक्राउ परेका छन् । ललितपुरको पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोम..

नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु
नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो..

लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूर..