धनुषामा पनि सिरिञ्ज आतंक ! विद्यालय हिँडेका शिक्षकमाथि अज्ञात समूहले आक्रमण ग-यो


रासस प्रकाशित: २०७६-३-२० गते
धनुषामा पनि सिरिञ्ज आतंक ! विद्यालय हिँडेका शिक्षकमाथि अज्ञात समूहले आक्रमण ग-यो

धनुषा । काठमाण्डौमा सिरिञ्जजस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि भएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई नचिनेको मानिसले तिखो वस्तुले घोचेर फरार भएका छन् । उनीमाथि सिरिञ्ज आक्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले घोचिएको हो । बलुवा खोलामा निर्माणाधीन पुलको छेउमा पुगेपछि आफूलाई एक युवकले अपशब्द बोल्दै सिरिञ्जजस्तो तिखो वस्तुले घोचेको उहाँले बताउनुभयो ।

घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भन्नुभयो, “पुलको पारिपट्टि मोटरसाइकल रोकेर दुई जना बसेका थिए । केही इसारा गरेपछि मैले मोटरसाइकल रोकेँ, मेरो मोटरसाइकल रोकिने बित्तिकै ‘हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो ।”

तिखो वस्तुले घोचेपछि एकछिन आँखा देख्न नसकेको चारैतिर अँध्यारो भएको उहाँको भनाइ छ । “मैले समाचारमा यस्तो घटनाबारे पढेको थिएँ । आफैँ त्यसको शिकार भइयो”, उहाँले भन्नुभयो, “एकछिन त आँखै देखिनँ । सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागिसकेका थिए ।”

घटनापछि ‘चल रे चल’ भन्दै बी आर ३० लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर उनीहरु भागेको शिक्षक अधिकारीले बताउनुभयो । यता, प्रहरीले यो कार्यमा संलग्नको खोजी कार्य जारी राखेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले सर्वसाधारणलाई पनि त्यस्तो प्रवृत्तिको मानिस देखिए तत्काल नजिकको प्रहरी निकायमा खबर गरिदिन आग्रह गर्नुभयो ।

केही सातायता काठमाण्डौ उपत्यकामा भएको यसखाले घटनामा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडितले सिरिञ्ज आक्रमण भएको बताए पनि कार्कीले काँटीले घोचेको बयान दिएका छन् ।


साँसद यादवले एसिड पिडित मुस्कानको मुहारमा दिए मुस्कान
साँसद यादवले एसिड पिडित मुस्कानको मुहारमा दिए मुस्कान

काठमाडौं । एसिड पिडित मुस्कान खातुन पिडा भुल्दै आज मुस्कुराइरहेकी छन् ।  पर्सा क्षेत्र नं.१ का साँसद प्रदिप यादव पिडकलाई कार्वाही भइरहेको जानकारी गराउँदा पिडित मुस्कान..

मृत शिशु पाएपछि घरैमा अलपत्र सरलमायाको हेलिकोप्टरबाट उद्दार
मृत शिशु पाएपछि घरैमा अलपत्र सरलमायाको हेलिकोप्टरबाट उद्दार

रुकुम । मृत शिशु पाएर थला परेकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय रुकुमपूर..

जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..

‘सरकारले तोकेको शुल्क विश्वविद्यालयहरुले ईमानदारीताका साथ लागू गर्नुपर्छ’
‘सरकारले तोकेको शुल्क विश्वविद्यालयहरुले ईमानदारीताका साथ लागू गर्नुपर्छ’

काठमाडौं । काठमाडौंमा आयोजित एक साक्षात्कारमा डेमोक्रेटिक मुभमेन्ट फर नेपालका महासचिव डा।चन्दन रमणले सरकारले तोकेको शुल्क विश्वविद्यालयहरुले ईमानदारीताका साथ लागू गर्नुपर्ने ब..