काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको मृत्यु 


रासस प्रकाशित: २०७६-३-२० गते
काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको मृत्यु 

चितवन । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ।

आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।  

दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन। अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।







गृहमन्त्रीद्वारा नेपाल प्रहरीको कामको प्रशंसा
गृहमन्त्रीद्वारा नेपाल प्रहरीको कामको प्रशंसा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान मह..

गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता
गुल्मीमा भिषण पहिरो (अपडेट) : ८ जनाको मृत्यु, २ बेपत्ता

गुल्मी। गुल्मीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। २ जना बेपत्ता छन् । सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले..

अब हिमालय एयरलाइन्सले ढाकाको उडान गर्ने
अब हिमालय एयरलाइन्सले ढाकाको उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन..

काठमाडौंमा लगातार ४ दिन १८ वर्षीया किशोरीलाई करणी
काठमाडौंमा लगातार ४ दिन १८ वर्षीया किशोरीलाई करणी

काठमाडौं । ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपा..