जर्मनीले नेपाललाई ३ अर्ब आर्थिक सहायता उपलब्ध गराउने


नेपाल पाना प्रकाशित: २०७६-३-२० गते
जर्मनीले नेपाललाई ३ अर्ब आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौं । अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनीका राजदुत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनीले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनीले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिए । कार्यक्रममा नेपालका लागि जर्मनीका राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताएको थियो ।

जर्मनीले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा अर्थ सचिव खनालले नेपालको पूर्वाधार विकास तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा जर्मनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।


सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला सय घटेर ७० हजार ६ सय कायम भएको छ । सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा..

आज बढ्यो विदेशी मुद्राको भाउ, यस्ताे छ विनिमय दर 
आज बढ्यो विदेशी मुद्राको भाउ, यस्ताे छ विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । मंगलबार यसको १ को खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रु..